काठमाडौं : नेपालमा वैदेशिक लगानी आह्वान गर्दै तेस्रो लगानी सम्मेलन समापन भएको छ ।
सोमबार पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समापन समारोहलाई सम्बोधन गर्दै नेपाल तीव्र आर्थिक विकासको यात्रामा प्रवेश गरेको बताए ।
यसका लागि विदेशी लगानीकर्तालाई खुला हृदयले स्वागत गर्ने उनको भनाइ छ ।
कुल ८ सय विदेशीसहित २५ सय जनाको सहभागिता रहेको लगानी सम्मेलन नेपाल लगानीकर्ताका लागि उपयुक्त गन्तव्य हो भन्ने सन्देश दिन सफल भएको लगानी बोर्डका सीईओ सुशील भट्टले जानकारी दिए ।
आइतबारदेखि सुरु भएको सम्मेलनका दौरान विभिन्न साइडलाइन वार्ता तथा बीटूबी मिटिङहरू भएका थिए ।
सम्मेलनका दौरान विभिन्न स्वदेशी कम्पनीहरूले विदेशी लगानी भित्र्याउन सम्झौता तथा समझदारीहरू गरेका छन् ।
Facebook Comments Box