डोटी: सेती नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका पुरुषको खोजी तीव्र पारिएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताखोरसहितको टोलीले खोजीकार्य तीव्र पारेको हो।
जिल्ला प्रहरी कार्यालय डोटीका डीएसपी भीम भट्टराईले खोजी जारी रहेको जानकारी दिए।
हिजो शिखर नगरपालिका-८ लुवाखडीनजिकै नदीमा धनगढी उपमहानगरपालिका-३ मायामेट्रो अस्पताल पछाडि बस्ने अन्दाजी ४० वर्षीय नरबहादुर तामाङ डुबेर बेपत्ता भएका थिए। उनी सु.प.प्र. ०१ ००१ ज. १५३४ नम्बरको अल्टो कार लिएर धनगढीबाट अछामतर्फ जाँदै थिए थिए।
सोही क्रममा उनी कार सडक किनारमा रोकी नुहाउन गएका थिए। नुहाउने क्रममा उनी डुबेर बेपत्ता भएका हुन्।
Facebook Comments Box