काठमाडौं– नेपाली राष्ट्रिय फुटबल टीमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र १० खेलाडीबीचको विवाद समाधानका लागि अखिल नेपाल फुटबल संघ एन्फाले छानबिन समिति गठन गर्ने भएको छ ।
मुख्य प्रशिक्षकको निर्देशनमा राष्ट्रिय टोलीको बन्द प्रशिक्षण छाड्न बाध्य १० खेलाडीसँग मंगलबार छलफल गरेपछि घटनाबारे निष्पक्ष छानबिन गर्न एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा सहमत भएका छन् ।
बुधबार छानबिन समिति गठन गर्ने एन्फाले जनाएको छ । अघिल्लो साता प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको कार्यशैलीमा असहमति जनाउँदै बन्द प्रशिक्षणमा रहेका १० खेलाडीले क्याम्प छाडेका थिए ।
Facebook Comments Box