धनगढी: गृहसचिव एकनारायण अर्याल नेतृत्वको टोली दार्चुलाको टिंकर पुगेको छ। नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी बलका प्रमुख राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापालगायतको टोली त्यहाँ पुगेको हो।
आज बिहान धनगढीबाट नेपाली सेनाको हेलिकोप्टर एनए ०६६ बेलमा टोली उडेको बताइएको छ।
बिहान पौने ६ बजे धनगढीबाट उडेको उक्त हेलिकोप्टर साढे ६ बजे दार्चुलाको सदरमुकाममा केहीबेर रोकिएको बुझिएको छ। त्यसपछि सवा ७ बजे त्यहाँबाट प्रस्थान गरेको हेलिकोप्टर छाङग्रु गएको हो।
तर साढे ७ बजे हेलिकोप्टर डुम्लिङमा अवतरण गरेको थियो। केहीबेर रोकिएको हेलिकोप्टर टोलीसहित पौने ८ बजे सीमा क्षेत्र टिंकरमा पुगेको हो।
टोली त्यसपछि बझाङ र अछाम जाने पनि कार्यक्रम छ।
Facebook Comments Box