काठमाडौं : नापी विभागमा महानिर्देशक (डीजी) बनिराख्न प्रकाश जोशीले राणा खानधानसम्मै पावर लगाएको खुलेको छ। नापीका महानिर्देशक प्रकाशलाई केही समय अगाडि मन्त्रालय तानिएकोमा पुनः उनले विभागमै अड्डा जमाउन सफल भएका छन्।
नेपाली काँग्रेसनिकट प्रकाश नेतृ आरजु राणा देउवाका भाइ अर्थात पूर्व प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाका साला भुषण राणासँग झनै निकट थिए। उनको त्यहीँ निकटताले पुनः विभागको डीजी बनिराख्न बल पुगाएको बताइन्छ।
राणा उनै मन्छे हुन्, जसले नेपालमा हुने विभिन्न ठूला ठेक्काहरुमा अग्रिम सेटिङ मिलाउनेसहितको दलाली काम गर्ने गर्दछ्न्।
अनेकन दलालीका मास्टरमाइण्ड तिनै राणाले नापीमा पनि सेटिङ चलाएका छन्। उनले जोशीलाई हातमा लिएर आफूले चाहे बमोजिम विभिन्न सरकारी र ऐलानी व्यक्तिको नाममा राख्ने धन्दा चलाएको बताइन्छ। उनको त्यो धन्दामा सहयोग गरेवापत् प्रकाशमाथि राणाको राजनैनिक आशिर्वाद रहिआएको छ।
सोही आशीर्वादकै कारण भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले नापी विभागको महानिर्देशकमा पुनः प्रकाशलाई पठाएको थियो। प्रकाश मन्त्रालय तानिएको समयमा विभागमा कार्यरत जनकराज जोशीले महानिर्देशकको जिम्मेवारी सम्हालेका थिएम तर पछि गएर उनलाई फिर्ता बोलाएर तत्कालीन मन्त्री रञ्जिता श्रेष्ठ चौधरीले मन्त्रीस्तरीय निर्णयमार्फत प्रकाशलाई विभागको महानिर्देशकका रूपमा खटाउने निर्णय गरेकी थिइन्।
प्रकाश गत ८ पुससम्म विभागको महानिर्देशक थिए। त्यसैदिन मन्त्रालयले उनलाई मन्त्रालयमा कामकाजका लागि ल्याएर मन्त्रालयमा कार्यरत जनकराजलाई महानिर्देशकको जिम्मेवारी दिएको थियो। कामकाजमा मन्त्रालय ल्याइएकामा अहिले उनलाई पुनः नापीकै डीजी बनाइएको हो। प्रकाशलाई पुनः विभाग पठाएपछि मन्त्रालयले जनकराज जोशीलाई जग्गा व्यवस्थापन तालिम केन्द्रमा खटाएको थियो।
तत्कालीन मन्त्रीदेखि हालका मन्त्री बलराम अधिकारी (नेकपा एमाले) समेतलाई रिझाएर प्रकाशले नापीमा अड्डा जमाइराखेका हुन्। मन्त्रालयले साँढे चार वर्ष महानिर्देशक भएर काम गरिसकेका प्रकाशलाई पुनः जिम्मेवारी दिएर डीजीमै खटाउनु रहस्यपूर्ण छ।
मन्त्रालयमा कार्यरत जोशीलाई विभागको महानिर्देशकमा खटाइएकोमा अधिकांश कर्मचारीले पनि आपत्ति जनाएका थिए।
जोशीलाई तत्कालीन मन्त्री पदमा कुमारी अर्यालले महानिर्देशकमा नियुक्ति गरेकी थिइन्। तर जोशीले विभागमा साँढे चार वर्ष बिताउँदा कर्मचारी सरूवामा चलखेल राम्रै गरी ललितपुरको इमाडोलमा महल ठडाएको कर्मचारी स्रोतले बताएको छ। जुन राजनीतिक दलको सरकार बने पनि मन्त्री र सचिवलाई खुशी बनाउने उनको विशेष क्षमता र कला हो।
सोही कलाका कारण उनले अहिलेका मन्त्री अधिकारीलाई पनि व्यवस्थापन गर्दै विश्वासपात्र बनेको बुझिएको छ।
यतिमात्र होइन, नापीभित्र अनेकन झमेलाहरु छन्। सो विषयमा महेन्द्रनगरपोष्टले निरन्तर समाचार प्रकाशन गर्दै आएको छ। यस अगाडि नापीमा उपसचिव दामोदर ढकालले सरुवा बढुवामा आतंक मच्चाएको विषयमा सार्वजनिक भएको थियो। उनै ढकालले डीजी प्रकाशलाई विचौलिया राणासँग जोडिदिएको पनि बताइन्छ। सोही कारण प्रकाशले राणा र ढकालको अनुकूल काम गर्दै आएका छन्।
र, यो पनि: नापीका उपसचिव ढकालको आतंक: डीजीसमेत अन्डरमा, अख्तियारसम्मै सेटिङ