काठमाडौं : प्रमुख सत्तारूढ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटाउनेहरूको हालत खराब हुँदै गएको बताएका छन् ।
एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालतिर लक्षित गर्दै उनले बुधबार एक कार्यक्रममा कडा टिप्पणी गरेका हुन् ।
एमाले नेतृत्वको सरकार ढालेर दक्षिणपन्थीहरूको हातमा सरकार बुझाउनेहरूको हालत अहिले खराब भएको भन्दै नेपाललाई कटाक्ष गरेका हुन् ।
एमाले कपिलवस्तु जिल्ला अधिवेशन बुधबार उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री ओलीले अब पार्टीभित्र कुनै गुट उपगुट स्वीकार्न नसकिने पनि बताए ।
गुट बनाउनेहरुविरुद्ध नेतृत्व अब कडा रुपमा प्रस्तुत हुने चेतावनी दिए त्यही सम्मेलनमार्फत दिएका छन् ।
Facebook Comments Box