काठमाडौँ : कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान हुने भएको छ।
कोशीका प्रदेश प्रमुख परशुराम खापुङले संघीय सरकारका महान्यायाधिवक्ता डा. दीनमणि पोखरेलसँग कानुनी राय लिएर मुख्यमन्त्रीमा दाबी आह्वान गर्न लागेका हुन्।
महान्यायाधिवक्ता पोखरेलले सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनसम्बन्धी फैसलालाई आधार मानी कानुनी राय दिइसकेका छन्।
संविधानको धारा १८८ को उपाधारा २ बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गर्न सकिने महान्यायाधिवक्ताको रायबमोजिम सूचना जारी गर्ने तयारी भइरहेको प्रदेश प्रमुखको कार्यालय स्रोतले जनाएको छ।
Facebook Comments Box