कञ्चनपुर : नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ जिल्ला कार्य समिति कञ्चनपुरको प्रथम अधिवेशन पुनर्वासमा सम्पन्न भएको छ ।
अधिवेशनको उद्घाटन समारोहमा नेपाली कांग्रेसका नेता एनपी साउँदले आदिवासी जनजातीलाई एक गर्न नेपाली कांग्रेस लागि परेको बताए । उनले लाखौं आदिवासीलाई एउटै संगठनमा आवद्ध गर्न सफल भएको पूर्व बताए ।
विभिन्न जाती, भाषा, धर्म र वर्गको मान्छे भएता पनि पूर्वको मेचीदेखि पश्चिमको महाकाली र तराई देखि हिमाल सम्मको सम्पूर्ण व्यक्तिहरुलाई नेपाली कांग्रेसको संगठनले समेटेर लैजाने धारणा राखे ।
कार्यक्रममा संविधानसभा सदस्य दिवान सिंह बिष्टले कस्तुरीको बिना आफैसँग भएको हुँदा नेपाली कांग्रेसले अरु पार्टीसँग आफ्नो झण्डा मिसाइराख्नु नपर्ने बताए ।
उनले आदिवासी जनजातीको पहिचानको मुद्दाहरुलाई नेपाली कांग्रेसका पार्टीसँग समन्वय गरेर लैजाने हो भने पहिचानवादीका हरेक मुद्दाहरु सफल हुने उनको जिकिर थियो।
महासंघको प्रथम अधिवेशनबाट दोस्रो कार्यकालका लागि सर्वसहमतिले पुनः कृष्ण बहादुर तामाङ् नेतृत्वमा कञ्चनपुर जिल्ला कार्यसमिति गठन भएको छ ।