काठमाडौंः नेपाल प्रहरीका दुई एआईजीको सरूवा र दुईको पदस्थापन भएको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले एआईजी सुदीप गिरी र टेकप्रसाद राईको सरुवा गरेको हो। गिरीलाई प्रहरी प्रशिक्षण प्रतिष्ठान र राईलाई प्रशासन बिभागमा सरुवा गरिएको छ।
त्यसैगरि बैठकले एआईजी भिम ढकाललाई मानव स्रोत विभाग र उमेशराज जोशीलाई प्रदेश समन्वय विभागमा पदस्थापन गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन्।
Facebook Comments Box