काठमाडौँ- निर्वाचन आयोगले शुक्रबारसम्म सबै जिल्लामा मतपत्र ढुवानी भइसक्ने बताएको छ । स्थानीय तहको निर्वाचनका लागि १ करोड ९४ लाख मतपत्र छपाइ भएकाेमा हालसम्म ६५ जिल्लामा मतपत्र ढुवानी गरिसकेको जनाएको छ ।
आयोगको उपसचिव ऋषिराम भुषालका अनुसार लक्ष्यअनुसारको मतपत्र छपाई कार्य सम्पन्न गरी केही पालिकाको पुनः छाप्नुपर्ने मतपत्रको छपाई कार्य भइरहेको छ । पुनः छपाई भइरहेको मतपत्र पनि अब केही दिनमा सम्पन्न हुने उनले जानकारी दिए ।
आयोगले आयोगका मुद्रण अधिकृत बाबुराम कोइरालाकाअनुसार अब मधेस प्रदेशका ८ जिल्ला, बागमती प्रदेशको चितवन र प्रदेश १ को मोरङमा मात्र मतपत्र ढुवानी गर्न बाँकी रहेको छ ।
Facebook Comments Box