काठमाडौं : ललितपुर महानगरपालिकाले भैंसेपाटीको एक मासुपसलेले सडकछेउमा रोपेको रूखको हाँगा काटेबापत पाँच हजार जरिवाना तिराएको छ ।
रूखको हाँगा काटेर खसीलाई खुवाएको भेटिएपछि जरिवाना तिराएको महानगर प्रहरी प्रमुख सीताराम हाछेथूले बताए ।
महानगरले भर्खरै मात्र १५ सदस्यीय वातावरण नगर प्रहरी बल गठन गरेर महानगरको वातावरण संरक्षणमा काम गरिरहेको छ ।
Facebook Comments Box