बैतडी : भारत सरकारको सहयोगमा बैतडीमा विद्यालय भवन निर्माण हुने भएको छ । ‘नेपाल–भारत विकास सहकार्य’अन्तर्गत तीन करोडको आर्थिक सहयोगमा पाटन नगरपालिका–४ मा रहेको भूमेश्वर माध्यमिक विद्यालयको भवन निर्माण हुन लागेको हो ।
भारत र नेपाल सरकारबीच भएको सम्झौताअन्तर्गत यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा अघि बढाइने भारतीय दूतावासले जनाएको छ । भवन निर्माणका निम्ति पाटन नगरपालिकामार्फत कार्यान्वयन गरिनेछ ।
“बैतडीको पाटन नगरपालिकास्थित भूमेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि गुणस्तरीय शिक्षा प्रदान गर्न नयाँ भवन उपयोगी हुनुका साथै यसले शिक्षणका लागि राम्रो वातावरण सिर्जना गर्नेछ । साथै यस क्षेत्रको शिक्षाको विकासमा पनि योगदान पुर्याउने भारतीय दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
Facebook Comments Box