काठमाडौं : काठमाडौंको भृकुटीमण्डपमा आजदेखि ‘विद्यार्थी महोत्सव–२०८१’ सुरु हुँदैछ ।
अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले संगठन स्थापनाको ६० वर्ष पूरा भएको अवसरमा ‘विद्यार्थी महोत्सव–२०८१’ योजना गरेको हो ।
आजदेखि ३ गतेसम्म हुने महोत्सव नेपाली विद्यार्थी आन्दोलनको इतिहासमा सवै भन्दा ठूलो कार्यक्रम भएको अनेरास्ववियुका अध्यक्ष समिक बडालले बताए । महोत्सवमा विद्यार्थीलाई राजनीतिक चेतना र विद्यार्थी आन्दोलनबारे जानकारी गराइने र विभिन्न सत्रहरुमा छलफल हुने उनले बताए ।
विद्यार्थी महोत्सवमा १ सय ५० भन्दा बढि शैक्षिक स्टल रहने र महोत्सव अवधिभर करिव एक लाख विद्यार्थीहरुले प्रत्यक्ष अवलोकन गर्ने लक्ष्य लिइएको बडालले जानकारी दिए ।
सरकारी तथ्याङ्क अनुुसार हरेक वर्ष एक लाख २० हजार विद्यार्थी अध्ययनका लागि विदेश जाने गरेका छन् । विदेशमा होइन, नेपालमा नै उत्कृष्ट गुणस्तरीय शिक्षा छ भन्ने सन्देश दिन महोत्सवको आयोजना गरिएको अखिलले जनाएको छ ।