काठमाडौ : निर्वाचन सम्पन्न भएको दुई वर्षपछि तनहुँको व्यास नगरपालिकाको पुनः मतगणना हुने भएको छ । उच्च अदालत पोखराले पुनः मतगणनाको आदेश दिएको हो ।
उक्त निर्वाचनमा जोशी नेपाली कांग्रेसका उम्मेदवार वैकुण्ठनाथ न्यौपानेसँग पराजित भएका थिए । त्यसपछि उनले अदालतमा रिट दायर गरेका थिए ।
अदालतले निवेदकको दाबी पुग्ने भन्दै पक्षमा अन्तिम फैसला गरेको छ । मतगणनामा धाँधली भएको दाबीसहित जोशीले २०७९ साल १२ जेठमा हालेको रिटमा मुख्य निर्वाचन अधिकृतको कार्यालय तनहुँ, जिल्ला निर्वाचन कार्यालय तनहुँ, निर्वाचन आयोग र निर्वाचित नगर प्रमुख वैकुण्ठ न्यौपानेलाई विपक्षी बनाएका थिए ।
निवेदक जोशीले कतिपय मतदान केन्द्रमा घोषणा गरिएको भन्दा बढी मतगणना भएको र कतिपयमा घोषित मत नपुगेको दाबी गर्दै पुनः मतगणना माग गरेका थिए ।
जोशी २०७९ जेठ १२ गते दोहोर्याएर गणना गर्न माग गर्दै अदालतमा पुगेका थिए ।