धनगढी: बझाङ घर भएका नेकपा एमालेका युवा नेता एवं केन्द्रीय सदस्य ऐन महर र उनीसँगै नाजायज सम्बन्ध रहेको दाबी गर्ने रश्मिला कुमारी धामीबीच मुद्दायुद्ध चलेको छ।
एमालेकै राजनैतिक पृष्ठभूमि बोकेकी बझाङकै रश्मिला र महरबीच एकले अर्कोलाई मुद्दा हाल्ने क्रम जारी छ। प्रहरी स्रोतका अनुसार हालै महरले रश्मिलाविरुद्ध प्रहरीमा हनि ट्रयापिङको मुद्दा हालेका छन्।
हालै महरले प्रहरी परिसर, काठमाडौंमा मुद्दा हालेकोमा रश्मिलाले पनि महरविरुद्ध हुलाकमार्फत रेप केस (जबर्जस्ती करणी) को मुद्दा हालेको बताइएको छ।
प्रहरीले घटनाको अनुसन्धान गरिरहेकोमा अहिलेसम्म कसैलाई पक्राउ भने गरेको छैन। धामीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट भने पक्राउ पुर्जी जारी भसकेको स्रोतको दाबी छ।
यस अगाडि पनि धामी पक्राउ परेकी थिइन्। उनलाई विद्युतीय कारोबार ऐन अन्तरगतको मुद्दामा प्रहरीले पक्राउ गरेकोमा बैशाख २० गते धामी १ लाख ७० हजार धरौटी बुझाएर छुटेकी थिइन्।
विवाहित महर र धामी लामो समयदेखि सम्बन्धमा रहेको र बीचमा असमझदारी भएपछि विवाद बढेर छताछुल्ल भएको बताइएको थियो। सोही विवादकै क्रममा रश्मिलाले अनेरास्ववियुकी नेतृ राजमती (रक्षा) बमलाई हिरासतसम्मै पुगाएकी थिइन्।
ऐनलाई सहयोग गर्न आफ्नो मोबाइलसहितका सामान चोरी गरेको भन्दै रश्मिलाले बमविरुद्ध
आपराधिक लाभको कसूरमा जाहेरी दिएकोमा उनलाई पक्राउ गरिएको थियो।
त्यसपछि सरकारी वकीलको कार्यालयले बमलाई बाहिर राखेर पनि अनुसन्धान गर्न मिल्ने बताएपछि उनलाई छाडिएको थियो।
त्यसपछि बमले साइबरको मुद्दा हालेपछि रश्मिला पनि पक्राउ परेकी थिइन्। अहिले उनले छुटेपछि महरविरुद्ध मुद्दा हालेको बुझिएको छ।
त्यस अगाडि यसैकाण्डका कारण महर पार्टीको कारबाहीमा परेपनी पछि कारबाहीमुक्त भएका थिए। अहिले पनि महरलाई यो प्रकरणले मुक्ति भने दिएको छैन।
रश्मिला उनै महिला हुन्, जो एमाले नेता महरसँग सम्बन्ध भएको बताउने गर्थिन्। केही समय अगाडि महर, रश्मिला र बमको विवाद छताछुल्ल भएको थियो। सो समयमा रश्मिला र महरको बीचमा भएको भनिएको एक अन्तरंग सम्वाद पनि सामाजिक सञ्जालमा भाइरल नै भएको थियो। रश्मिलाले महरसँग आपत्तिजनक सम्बन्ध रहेको दाबी गर्दै आएकी छन्।
महर, बम र रश्मिला विवादमा अनेकन डील र लेनदेनसमेत भएको बताइन्छ।