धनगढीः धनगढीमा गर्मी अत्यधिक बढेको छ। सुदूरपश्चिमको अस्थायी मुकामसमेत रहेको धनगढी लगायत सुदूर तराइका क्षेत्रहरुमा गर्मी बढिरहेको हो।
मौसम पूर्वानुमान महाशाखाका अनुसार धनगढीको आजको न्युनतम तापक्रम २९.४ डिग्री र अधिकतम तापक्रम ४०.८ डिग्री रहेको छ। गर्मी अत्यधिक बढेपछि यहाँका नागरिक हैरान भएका छन्। बढ्दो गर्मीका कारण जनजीवन प्रभावित बनेको यहाँका नागरिकले बताएका छन्। उनीहरुले केही दिन वर्षा भए राहत पुग्ने जनाएका छन्।
यसैबीच महेन्द्रनगरपोष्टले मौसमविद्लाई धनगढी लगायत सुदूर तराइको आगामी मौसमबारे जिज्ञासा राखेको छ। जसमा मौसमविद् प्रतिभा मानन्धरले सुदूरपश्चिमस्थित धनगढी सहितको क्षेत्रमा २ दिनसम्म पानी पर्ने सम्भावना नरहेको बताइन्। चक्रपातको असर नदेखिएकाले २ दिनसम्म वर्षाको सम्भावना नरहेको उनको दाबी छ।
उनका अनुसार ३ दिनपछि भने बर्षा हुनसक्ने सम्भावना छ। बर्षा भएपछि केही राहत हुने उनको भनाइ छ।