काठमाडौं : ठेक्का लिने तर तोकिएको समयमा काम सम्पन्न नगर्ने एक दर्जन बढी ठेकेदार कम्पनी कालोसूचीमा परेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सार्वजनिक खरिद अनुगमन कार्यालयले १३ निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको हो ।
कालोसूचीमा पर्ने ठेकेदार कम्पनीहरुमा फ्रेण्डस ट्रेडिङ कन्सर्न, फ्रेण्डस ट्रेडिङ कन्सर्न एण्ड बाबा माईचन्द, बकाई–जया बागेश्वरी–सिस्ने जेभी, धुलिखेल–जेके जेभी, मैनाचुली बोखिम जेभी, मेलिना एण्ड मिलन निर्माण सेवा छन् । त्यस्तै, एचएण्ड जे ट्रेडर्स, ओम कन्स्ट्रक्सन, शिवाणी ईन्टरप्राईजेज, शुविहान कन्स्ट्रक्सन र हिम शिखर निर्माण सेवालाई पनि कालोसूचीमा राखिएको छ ।
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा ९१० बमोजिम एकदेखि तीन वर्षका लागि कालोसूचीमा यी परेका निर्माण व्यवसायीले सो अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने कार्यालयले जनाएको छ ।