धनगढी: कञ्चनपुरका एक युवकको धनगढीमा मृत्यु भएको छ। जिल्लाको बेलौरी नगरपालिका ४ का ३२ वर्षीय निमेष लम्सालको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उपचारका क्रममा उनको आज (शनिबार) मृत्यु भएको हो। उनी हिजो बेलौरी बजारमा बेहोस अवस्थामा फेला परेका थिए।
बिहानै घरबाट साइकल लिएर निस्केका उनी ढलेको अवस्थामा देखेपछि स्थानीयले नजिकैको अस्पतालमा लगेका थिए। तर त्यहाँको अस्पतालले उनलाई रेफर गरेको थियो।
त्यसपछि आज उनको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो। मृतक स्वास्थ्यकर्मीसमेत थिए।
Facebook Comments Box