धनगढी : सर्पले डसेर कैलाली र दार्चुलामा गरि दुई जनाको मृत्यु भएको छ ।
कैलालीको घोडाघोडी नगरपालिका–१ बेलारकी ८ वर्षीय भूमिका बोहराको सर्पले टोक्दा मृत्यु भएको हो।
घर नजिकै खेल्ने क्रममा शुक्रवार सर्पले डसेपछि बालिकालाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा लगिएको थियो। बालिकाको उपचारकै क्रममा आज (शनिवार) मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
यस्तै दार्चुलाको लेकम गाउँपालिका–४ ओडी गाउँकी १६ बर्षीया सुनिता गिरीको सर्पले डसेर मृत्यु भएको हो।
उनको हिजो राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
Facebook Comments Box