धनगढीः कैलालीमा लागुऔषधसहित दुई जना युवक पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय मालाखेतीको अपराध अनुसन्धान समुहबाट खटिएको प्रहरी टोलीले लागुऔषधसहित गोदावरी नगरपालिका–१ अनामनगरका पारस रोकायालाई अत्तरियाबाट पक्राउ गरेको हो।
उनको साथबाट एक ग्राम पाँच सय नब्बे मिलिग्राम लागुऔषध बरामद गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।
यसैगरी धनगढी उपमहानगरपालिका–७ देवरियाबाट ८ सय ९० मिलिग्राम लागुऔषधसहित सोही ठाउँका २२ वर्षीय सेरा भन्ने सुरेन्द्र रानालाई गएराति प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।
Facebook Comments Box