काठमाडौं : काठमाडौंको एक गेस्ट हाउसबाट ७२ लाख रूपैयाँ नगदसहित २ जना पक्राउ परेका छन् ।
काठमाडौं महानगरपालिका-७ स्थित लुम्बिनी खाजा तथा गेस्ट हाउसको कोठाबाट उक्त रकम बरामद भएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।
पक्राउ पर्नेमा भोजपुरको पौवादुङमा गाउँपालिका-४ स्थायी घर भई काठमाडौंको न्यूरोड बस्दै आएका ५० वर्षीय भीमसेन विश्वकर्मा र २९ वर्षीय खेमराज विश्वकर्मा रहेका छन् ।
उक्त रकम हुन्डीको भएको प्रहरीको आशंका छ ।
Facebook Comments Box