धनगढीः नेपाल दूरसञ्चार प्राधिकरणले विनोद चौधरीको सिजी कम्युनिकेसन्स लिमिटेडको अनुमतिपत्र खारेज गरेको छ। तत्कालीन एसटिएस टेलिकम सञ्चार प्रालिको अनुमतिपत्र नम्बर आरटिएस इडिआर ०१ नवीकरणका लागि तोकिएको समयभित्र आवेदन नपरेकाले खारेज गरिएको बताइएको छ।
चौधरीको कम्पनी सिजीले यसअघि २१ नोभेम्बर,२००३ मा प्राप्त ग्रामीण दूरसञ्चार सेवाको अनुमतिपत्र नवीकरणका लागि गत पुषमा आवेदन गरेको थियो। तर, प्राधिकरणले उक्त आवेदन दूरसञ्चार नियमावली २०५४ को नियम १२ बमोजिम तोकिएको अवधिभित्र नवीकरण दस्तुरसहित निवेदन पेश नगरेकोले उक्त सेवा प्रदायकलाई प्रदान गरिएको अनुमतिपत्र गत मंसिर १६ गतेदेखि स्वतः रद्द गरिएको जानकारी दिएको छ।
आज सार्वजनिक सूचना प्रकाशित गरेर चौधरीको कम्पनी सिजी कम्युनिकेसन्स लिमिटेड, सानेपालाई उक्त जानकारी दिइएको छ।
Facebook Comments Box