काठमाडौं : आइसिसी टी-२० विश्वकपमा भारतले विजयी सुरूवात गरेको छ।
बुधबार न्युयोर्कमा आयरल्याण्डलाई ८ विकेटले पराजित गर्दै भारतले विश्वकपमा सुखद सुरूवात गरेको हो।
आयरल्याण्डले दिएको ९७ रनको लक्ष्य भारतले १२.२ ओभरमा २ विकेट मात्रै गुमाएर पूरा गरेको हो।
यस्तै समूह बी अन्तरगत आफ्नो पहिलो खेलमा अस्ट्रेलियाले ओमानलाई ३९ रनले पराजित गरेको छ । १ सय ६५ रनको लक्ष्य पछ्याएको ओमानले २० ओभरमा ९ विकेट गुमाएर १ सय २५ रन मात्र बनाउन सक्यो ।
Facebook Comments Box