काठमाडौं: काठमाडौंको दरबारमार्गस्थित अन्नपूर्ण होटलमा रहेको क्यासिनो प्यालेसमा राजस्व अनुसन्धान विभागले छापा हानेको छ। आज (बिहीबार) दिउँसो विभागसहित सशस्त्रको टोलीले क्यासिनोमा छापा हानेको हो।
छापाका क्रममा क्यासिनो दर्ता, नवीकरणलगायत कागजात फेला नपरेको र करसमेत छली गरेको भन्दै विभागले क्यासिनो नै सिल गरेको छ। स्रोतका अनुसार सो क्यासिनोबाट १ करोड बढी बरामद गरिएको छ।
यस्तै सो क्यासिनोका अध्यक्ष विनय साह र लेखाका क्याबिन पनि सिल गरिएका छन्। साह यस अगाडिदेखि नै अर्को लाइभ ग्यामिङको मुद्दामा फरार प्रतिवादी छन्।
साहको समूहले होटल हायातमा पनि क्यासिनो चलाउने गरेको बताइन्छ।
Facebook Comments Box