धनगढी : नेपाल पत्रकार महासंघको चुनावको समय केही साता पर सरेको छ । जेठ २६ गतेभित्र हुने भनिएको चुनाव सदस्यता विवादले सरेको हो ।
महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले सामाजिक सञ्जालमा पोस्ट गर्दै चुनाव सरेको जानकारी गराएका छन् ।
उनले २६ गते तोकिएकोमा उक्त मितिमा मतदान नहुने भन्दै मतदाता नामावलीमा देखिएको विवाद समाधानका लागि प्रयास जारी रहेकाले आउँदो असार दोस्रो हप्ताभित्रै मतदान गर्नेगरी अध्यक्ष मण्डलसँग छलफल भइरहेको बताएका छन् ।
निर्वाचन समिति गठन गर्न बाँकी शाखा समिति, एसोसिएट संस्था र प्रदेश समितिलाई यथाशीघ्र निर्वाचन समिति गठन गरेर निर्वाचन समितिलाई जानकारी गराउनका लागि आग्रह गरेका छन् ।
Facebook Comments Box