काठमाडौं: भारतको उत्तराखण्ड राज्य, जो नेपाल नजिकै छ। नेपालको सीमानाका विभिन्न क्षेत्रबाट जोडिएको यो भारतीय राज्यमा मुख्यमन्त्री (सीएम) छन्, पुष्कर सिंह धामी। धामी उनै मुख्यमन्त्री हुन्, जसको चर्चा अहिले उत्तराखण्डमा मात्र होइन, सारा भारत देशभर छ।
चर्चाको कारण हाललाई लोकसभा चुनावी नतिजा र धामीको प्रचारमा पाइएको बढ्दो डिमाण्ड भएपनी उनले उत्तराखण्डमा निकै ठूला र लोकप्रिय कामहरु गरेका छन्। पछिल्लो पटक धामीले आफू आवद्ध भारतीय जनता पार्टीको देशव्यापी चुनावी क्याम्पियन चलाएका थिए।
सो चुनावमा भाजपाले स्टार प्रचारकको रुपमा प्रयोग गरेका धामी भारतभर गएर चुनावमा खटिए। उनले देशभर अढाइ सय बढी सभा सम्मेलन गरेको रिपोर्ट छ।
उनै पपुलर र सरल मुख्यमन्त्रीको क्षेत्रमा चुनावी नतिजा पनि उस्तै छ। उनको ५ वटै क्षेत्रमा विजेपीले जितेको छ भने उनले आफू आफ्नो क्षेत्रमा मजबुत भएको सावित गरेका छन्।
यस्तै उनको सोसल मिडियामा पनि लोकप्रियता ह्वात्तै बढेको छ। भारतमा निकै चर्चित मानिने उत्तर प्रदेशका मुख्यमन्त्री योगि आदित्य नाथलाईसमेत उछिन्ने गरि उनको फेसबुकमा मात्र १० मिलियन बढी फ्लोवर्स पुगेका छन्। अहिले योगी आदित्यनाथ भन्दा बढी धामी चर्चामा छन्।
धामी १६ सेप्टेम्बर १९७५ मा जन्मिएका एक भारतीय राजनीतिज्ञ र भारतीय जनता पार्टीको सदस्य हुन्। उनी अहिले उत्तराखण्ड को १० औं तथा वर्तमान मुख्यमन्त्रीको रूपमा काम गरिरहेका छन्।
उनी ४५ वर्षको उमेरमा उत्तराखण्डको कान्छो मुख्यमन्त्री बनेका थिए।
धामीले १९९० मा भारतीय जनता पार्टीको विद्यार्थी संगठनको छात्र संगठन अखिल भारतीय विद्यार्थी परिषद्बाट राजनीतिक जीवन शुरू गरे। उनले २००८ सम्म भारतीय जनता युवा मोर्चाको प्रदेश अध्यक्षको रूपमा पनि काम गरे। यस समयमा उनले राज्यका उद्योगहरूमा स्थानीय युवाहरूको ७०% अवसर आरक्षित गर्न राज्य सरकारलाई जोड दिएका थिए।
धामीले पूर्व सीएम भगतसिंह कोश्यारीको राजनीतिक सल्लाहकारको रूपमा पनि काम गरेका थिए।