काठमाडौं : सगरमाथामा पहिलो पटक ड्रोन डेलिभरी परीक्षण सफलतापूर्वक सम्पन्न गरेको छ । चिनियाँ ड्रोन निर्माता डीजेआई (दा जियांग चुआंगसिन) ले खुम्बु पासाङल्हामु गाउँपालिकासँग सहकार्य गरी सफलतापूर्वक परीक्षण कार्य सकेको जनाएको छ ।
बुधवार एक प्रेस विज्ञप्ति जारी गर्दै कम्पनीले सगरमाथाको नेपाल तर्फको आधार शिविरबाट ड्रोन उडान परीक्षण गरेको जानकारी दिएको हो । योसँगै उच्च उचाइमा पर्वतारोहण, आपतकालीन उद्धार र पर्यावरण संरक्षण सञ्चालनलाई सहजीकरण गर्ने बाटो खुलेको कम्पनीले जनाएको छ ।
डीजेआईले सार्वजनिक गरेका तस्वीरहरूमा अक्सिजन सिलिण्डरहरू लामो लाइनमा झुण्डिएको देखाइएको छ, जुन ड्रोनले बोकेको छ । यसमा बोतलहरू र अन्य सामग्रीहरू ड्रोनले गन्तव्यमा पुर्याई फर्किने क्रममा फोहोर ओसारेको थियो ।
Facebook Comments Box