धनगढी : बझाङमा सशस्त्र प्रहरीका जवानको सेतीमा बगेर मृत्यु भएको छ। सोमबार बिहान सेती नदीमा बगेर केदारस्युँ गाउँपालिका ७ खिकीरीका २९ वर्षीय नरेन्द्रसिहं धामीको मृत्यु भएको हो।
विपद् व्यवस्थापन तालिमको नमूना देखाउने क्रममा धामी सेतीमा डुबेर बेहोस भएका थिए। त्यसपछि धामीलाई जिल्ला अस्पताल बझाङ लगिएकोमा मृत्यु भएको हो।
बाढी र त्यसले पार्ने क्षति न्यूनीकरण गर्न देखाउन लागिएको कृत्रिम अभ्यास (सिमुलेशन) गर्दा गर्दै उनी डुबेका थिए। सिमुलेशनका क्रममा उनी डुबेका उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।
धामीका श्रीमती र दुई छोरा रहेका छन्।
Facebook Comments Box