काठमाडौं : नेपाल प्रहरीका चारजना प्रहरी उपरीक्षक (एसपी) को पदस्थापन भएको छ । डीएसपीबाट हालै बढुवा भएका एसपीहरुको पदास्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
एसपीमा बढुवा भएसँगै उनीहरुले नयाँ जिम्मेवारी पाएका हुन् । उनीहरुलाई प्रचलित नियमानुसार तलब, भत्ता पाउने गरी प्रहरी महानिरीक्षकको बिहीबारको निर्णयानुसार पदस्थापना र काज सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
कोशी प्रदेश प्रहरी गण बिराटनगर मोरङमा प्रदिप बहादुर क्षेत्री गएका छन् । मधेश प्रदेश प्रहरी गण जनकपुर, धनुषामा नारायण रंजितकारलाई पदस्थापन गरिएको छ ।
यस्तै अनन्त राम शर्मालाई गण्डकी प्रदेश प्रहरी गण पोखरा, कास्की र एक नारायण कोईरालालाई मानव बेचविखन अनुसन्धान व्यूरो मानव बेचविखन अनुसन्धान शाखामा पदस्थापन गरिएको छ ।
Facebook Comments Box