धनगढी: कैलालीमा शनिबार मध्यरातमा भएको ट्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
पूर्वपश्चिम राजमार्ग अन्तरगत लम्कीचुहा नगरपालिका–३ ढुंगे बजारमा शनिबार राति ११ बजेर ५० मिनेटमा भे १ त ८७३५ को ट्याक्टर अनियन्त्रित भएर नालामा खसेको थियो।
दुर्घटनामा चालक सुर्खेतको पञ्चपुरी नगरपालिका–२ बस्ने २१ वर्षीय शेरबहादुर नेपाली र सवार २० वर्षीय दिलबहादुर नेपाली गम्भीर घाइते भएका थिए। राति नै उनीहरुको उद्दार गरेर उपचारका लागि लालरत्न अस्पताल लम्कीमा पुगाइएको थियो।
प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार चालक शेरबहादुरको उपचार सम्भव नभएपछि राति साढे १ बजे टीकापुर अस्पताल पठाइएकोमा उपचारका क्रममा मृत्यु भएको हो। अर्का घाइते दिलबहादुरको लालरत्न अस्पतालमै उपचार भइरहेको छ।
Facebook Comments Box