काठमाडौं : नेपाल प्रहरीले आफूखुशी गैरहाजिर रहेका १३ कर्मचारीलाई सम्पर्कमा आउन निर्देशन दिएको छ।
जवानदेखि सहायक निरीक्षकसम्मका १३ कर्मचारी दुई महिनादेखि गैरहाजिर रहेको भन्दै एक साताभित्र सम्पर्कमा आउन निर्देशन प्रहरी प्रधान कार्यालयले दिएको हो।
आफूखुशी गैरहाजिर रहनेमा एक सहायक निरीक्षक, दुई सहायक हवलदार र आठ जवान छन्। त्यस्तै दुई जना प्राविधिक जवान पनि छन्।
उनीहरूलाई बाटोको म्यादबाहेक सात दिनभित्र गैरहाजिर हुनुको कारण खोली सन्तोषजनक स्पष्टीकरणसहित हाजिर हुन आउन कार्यालयले निर्देशन दिएको छ।
Facebook Comments Box