काठमाडौं: नेपाल टेलिकमको नेटवर्कमा फोन नलाग्ने समस्या देखिएको छ। सोमबार अपराह्न साढे चार बजेतिर टेलिकमको नेटवर्कभित्र फोन नलाग्ने समस्या देखिएको हो।
सो समस्या अहिले पनि जारी छ। तर समस्याको कारण भने खुलेको छैन।
सेवामा समस्या आएकोबारे टेलिकमले वेबसाइट र सामाजिक सञ्जालमा समेत कुनै जानकारी दिएको छैन।
Facebook Comments Box