नेपाल, धनगढी: उत्तरप्रदेशस्थित बरेलीमा भएको दोहोरो गोली हानाहान प्रकरणको प्रहरीले तीव्र अनुसन्धान थालेको छ। अस्ति शनिबार (बिहान) बरेली पिलीभितको इज्जतनगर रोड, बजरंग ढाबा नजिक शंकर महादेव मार्बल्सको पसल नजिकै गोली हानाहान भएको थियो। सो गोली हानाहानपछि प्रहरीले गोलीकाण्डमा संलग्नलाई खोजीखोजी समात्ने कार्य थालेको छ।
अस्तिमात्र घटनामा प्रयोग भएका सुटर ललित सक्सेनालाई इन्काउन्टरमा समातिएको थियो। उनलाई भाग्ने क्रममा खुट्टामा गोली हानेर प्रहरीले समातेको थियो।
उनीसहित अहिले २० जना बन्दुकधारी जेल गएको बताइएको छ। बरेली प्रहरीका अनुसार अहिलेसम्म २० जना जेल चलान भएका छन्।
पिलीभीत बाइपासमा जग्गाको विवादमा खुलेर गोली चलाउने दुई शूटर समूहलाई इज्जतनगर प्रहरीले आइतबार जेल चलान गरेको हो। इज्जतनगर क्षेत्रका दुई होटलमा यो घटनाको नियोजित योजना बनाइएको अनुसन्धानबाट खुलेको प्रहरीले जानकारी दिएको छ।
जसको प्रमाण पनि प्रहरीले फेला पारेको छ। होटल स्टार सिटी र सीके भ्यालीमा योजना बनाइएको थियो। सो घटनाका मास्टरमाइन्ड राजीव राणा भने फरार रहेका छन्। शनिबार इज्जतनगर थाना इलाकाको पिलीभीत बाइपासमा रहेको जग्गालाई लिएर लालपुरका मार्बल व्यवसायी आदित्य उपाध्याय र सञ्जय नगरका निर्माण व्यवसायी राजीव राणाबीच झडप भएको थियो। यहीँ जग्गामा आदित्यको मार्बल पसल थियो, राजीव राणाले दुईवटा जेसीबी र सुटर किनेका थिए।
त्यसपछि उनी कब्जा गर्न त्यहाँ पुगेका थिए। कब्जा गर्ने क्रममा दुई समूहबीच झडप भएको थियो। सयभन्दा बढी राउण्ड फायर र दुई जेसीबीमा आगजनी गरिएको थियो। शुक्रबार राति घटना हुनुअघि सबै अपहरणकारीहरू सञ्जय नगरस्थित राजीव राणाको होटल स्टार सिटी र मुन्शी नगर नजिकैको होटल सीके भ्यालीमा बसेको प्रहरी अनुसन्धानले देखाएको छ।
प्रहरीले दुवै होटलका सीसीटीभी क्यामेराको डीभीआर बरामद गरेको छ। मुख्य योजनाकार राणाको खोजीमा प्रहरीको चार टोलीले छापा मारिरहेको जनाएको छ। प्रहरीका अनुसार उनै किंगपिन राजिव राणा लगातार स्थान परिवर्तन गर्दैछन्। आरोपितको लोकेशन लगातार शाहजहांपुर र सीतापुरको बीचमा आउने गरेको बताइएको छ।
र, यो पनि: बरेली गोलीकाण्ड: ९ बन्दुकधारी जेल गए, राणालाई खोज्दै प्रहरी
बरेली गोलीकाण्ड: इन्काउन्टरमा ललित घाइते, खुट्टामा पुलिसको गोली
बरेलीमा २ समूहबीच गोली हानाहान, भयो आगलागी [भिडिओसहित]