काठमाडौं : प्रधानमन्त्री पुष्पकल दाहाल ‘प्रचण्ड’ले समीकरण फेरिन हल्ला यथार्थ नभएको ब्रिफिङ गरेका छन् ।
सोमबारको मन्त्रिपरिषद् बैठकमा उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता सकारात्मक भएको बताएका छन् ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्रीले यो गठबन्धन लामै समय जाने बताएको जानकारी दिइन् । “बाहिर असझदारी भए भन्ने चर्चा परिचर्चा, हल्ला छन् । ती सबै कुरा असत्य हुन् । त्यस्तो छैन । हाम्रो छलफल अत्यन्तै सकारात्मक ढंगले अघि बढिरहेको छ,” प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै उनले भनिन्, “यो गठबन्धन लामै समय जाने स्थिति बनेको छ भनेर प्रधानमन्त्रीले ब्रिफिङ गर्नुभएको छ ।”
उनले सरकार यसरी नजाओस् भन्नेहरूले गलत सूचना फैलाएको दाबी गरिन् । उनले अहिले राष्ट्रिय सरकारको कुरा नभएको जिकिर गरिन् ।
Facebook Comments Box