धनगढी: कैलालीमा प्रहरीले नियन्त्रणमा लिएका सईमाथि थप कारबाही अगाडी बढाइएको छ। अस्ति कैलालीको टीकापुरस्थित प्रहरी चौकी सत्तीका ईन्चार्जसमेत रहेका सई अशोक खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
शनिबार बेलुका उनलाई नियन्त्रणमा लिइएकोमा अहिले उनको जिम्मेवारी खोसेर इलाका प्रहरी कार्यालय टीकापुरमै राखिएको र थप कारबाही अगाडि बढाइएको हो।
प्रहरीले नियन्त्रणमा लिएपछि उनले ड्युटीमा रहेका बेला मापसे गरेको स्वास्थ्य जाँचका क्रममा पुष्टि भएको थियो। त्यसपछि कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी पदमबहादुर बिष्टले महेन्द्रनगरपोष्टलाई जानकारी दिए।
खड्काले ड्युटीमै मदिरा सेवन गरेर लफडा गरेको गुनासोपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो। सो समयमा उनी सादा पोसाकमै रहेको बताइन्छ।
Facebook Comments Box