काठमाडौँ: कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरु मध्यरातमा राष्ट्रपतिको कार्यालय शीतल निवास पुगेका छन्। कांग्रेस–एमाले मिलेर ओलीको नेतृत्वमा नयाँ सरकार बनाउने सहमति भएसँगै दुई दलका नेता राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शितल निवास पुगेका हुन्।
अस्वस्थ रहेका देउवा यस अगाडि निवासमै आराम गरिरहेकोमा अहिले उनी पनि शीतल निवास हानिएका हुन्। स्रोतका अनुसार कांग्रेसका तर्फबाट सभापति देउवासहित नेताहरू रमेश लेखक र ज्ञानेन्द्रबहादुर कार्की सहभागी छन् भने एमालेबाट अध्यक्ष ओली, महासचिव शंकर पोखरेल लगायत नेताहरू त्यहाँ गएका छन्।
एमालेले प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विश्वास मत लिन असफल भए संविधानको धारा ७६ को २ अुसार नै सरकार आह्वानको परिस्थिति निर्माणका लागि उनीहरू शीतल पुगेको नेताहरू बताउँछन्।