धनगढी: पहिरोका कारण बझाङको जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ।
लगातारको वर्षापछि मंगलबार राति खसेको पहिरोले दुई ठाउँमा राजमार्ग अवरुद्ध भएको हो।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार छविसपाथीभेरा गाउँपालिकाको जालेबगर र जयपृथ्वी नगरपालिकाका तमैलमा राजमार्ग अवरुद्ध भएको छ।
राजमार्ग अवरुद्ध भएपछि बझाङ भित्रिने र छुट्ने सवारीसाधन अलपत्र परेका छन्।
Facebook Comments Box