काठमाडौं: सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको सचिवालयमा दलालको घुसपैठ रहेको बताइएको छ। बैतडीबाट निर्वाचन जितेर नेकपा एमालेका तर्फबाट मन्त्री बनेका भण्डारीको सचिवालयमा दलाल भर्ती गरिएको बताइएको हो।
उनकै सचिवालयका एक सल्लाहकारले सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त कुरा ओकलेका छन्। स्रोतका अनुसार राष्ट्रिय समाचार समिति (रासस) मा करार जागिरेका रुपमा कार्यरत राजेन्द्र बिष्ट मन्त्री भण्डारीको तलब बिनाको सल्लाहकार हुन्। मन्त्रीको प्रेस सल्लाहकारका रुपमा रोशन खड्का कार्यरत भएपनि कामकाजी सल्लाहकार रहेका उनै बिष्टले नै मन्त्रीको सचिवालयमा दलालको घुसपैठ रहेको जनाएका हुन्।
मन्त्री भण्डारीको सचिवालयमा आनन्द भट्ट, लोकेन्द्र भण्डारी र रमेश भट्ट लगायतका पनि छन्। सल्लाहकार बिष्टले सचिवालयका एक जनालाई दलालको संज्ञा दिएको बुझिएको छ। यस्तै भण्डारीको विरुद्ध उनै दलाल बालकोटसम्मै पुगेको पनि उनको दाबी छ। तर अहिले भने बिष्टले उक्त स्टाटस नै हटाएका छन्।
तर उता भण्डारीका स्वकीय लोकेन्द्र भण्डारीले भने सो कुरालाई भ्रमपूर्ण भन्दै खण्डन गरेका छन्। उनले बिष्ट सचिवालयमा नरहेको पनि दाबी गरेका छन्।
हेर्नुस् यस्तो थियो स्टाटस