काठमाडौँ : नेकपा एमालेका मन्त्रीहरू प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाउन बालुवाटार गएका छन्। उनीहरू केहीबेरअघि मात्रै अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटबाट बालुवाटारतर्फ लागेका हुन्।
प्रधानमन्त्रीले साढे ८ बजेलाई समय दिएपछि मन्त्रीहरू बालुवाटार गएको एमालेका एक नेताले जानकारी दिए।
मंगलबार बसेको एमाले केन्द्रीय सचिवालय बैठकले प्रधानमन्त्री प्रचण्डलाई मार्गप्रशस्त गर्न २४ घण्टाको समय दिएको थियो।
Facebook Comments Box