काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकालले गृहमन्त्री रवि लामिछानेले प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई ‘डमी’ बनाएको आरोप लगाएका छन्।
बुधबार पार्टीको केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो आरोप लगाएका हुन्।
उनले नेपाल प्रहरीको सरुवा र बढुवामा गृहमन्त्री रविले आईजीलाई डमी आईजीको रुपमा प्रयोग गरेको आरोप लगाए।
उनले भने, ‘एआईजी बढुवा गर्दा एकदिनको बढुवा गर्दा आइजी थुपार्नु भएको छ। डीएसपीदेखि साराको बढुवामा आईजीलाई डमी आईजीको रुपमा प्रयोग गर्नु भएको छ।’
रविको चरित्रबारे बुझ्न आईजीपी र गृहसचिवलाई सोध्दा पनि हुने उनको भनाई छ।
Facebook Comments Box