काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री डा.मुकुल ढकाललाई निलम्बन गरेको छ ।
ढकाललाई रास्वपाले महामन्त्री तथा प्रवक्ता पदबाट एक हप्ताका लागि निलम्बन गरेको हो ।
बुधबार बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले ढकाललाई पार्टी अनुशासन विपरीत अभद्र, अशोभनीय, अमर्यादित र अनुशासनहीन व्यवहार प्रदर्शन गरेको भन्दै सात दिनका लागि निलम्बन गरेको हो ।
बुधबार नै अनुशासन आयोगको बैठकले ढकाललाई कारबाहीको लागि सिफारिस गरेको थियो ।
महामन्त्री ढकाललाई कारबाहीसँगै रास्वपाले कार्यवाहक महामन्त्रीमा कवीन्द्र बुर्लाकोटीलाई तोकेको छ । त्यस्तै, प्रवक्तामा मनिष झालाई तोक्ने निर्णय गरेको रास्वपाले जनाएको छ ।
Facebook Comments Box