दार्चुला – आसन्न वैशाख ३० गते शुक्रबारका दिन हुन गइरहेको स्थानिय तहको निर्वाचनलाई लक्षित गर्दै दार्चुला जिल्लाको भारत संग जोडिएका सबै झोलुंगे पुलहरु तिन सम्म बन्द गरिने भएका छन् ।
शनिबार जिल्ला सदरमुकाम खलंगामा आयोजित नेपाल–भारत सीमा समन्वय बैठकमा निर्वाचनको शान्ति सुरक्षालाई मध्यनजर गर्दै सीमापुलहरु तिन दिनका लागि बन्द गर्ने दुई पक्षको बिचमा सहमती भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले जानकारी दिए
निर्वाचनका बेला सीमा सुरक्षा र सीमापुलहरु बन्द गर्नुपर्ने कानूनी प्रावधान अनुसार वैशाख २७ गते बेलुकी ७ बजेदेखी वैशाख ३० गते बेलुकी ७ बजे सम्म जम्मा ७२ घण्टाका लागि सबै सिमापुलहरु बन्द गर्ने दुई देशका प्रशासन प्रमुख र सुरक्षा अधिकारीहरुका बिचमा सहमती भएको उहाले बताए ।
दार्चुलामा भारत संग सीमा जोडिएका ६ स्थानमा झोलंगे पुलहरु छन् । निर्वाचनको समयमा सीमानाका हुने अवाञ्छित क्रियाकलाप रोक्नका लागि सीमा क्षेत्रमा अहिले सुरक्षाकर्मीहरुले विषेश निगरानी गरिरहेका छन् । साथै भारतको पिथौरागढ प्रशासनले भारतीय सुरक्षा निकायले पनि निर्वाचनको समयमा सीमानाकामा हुन सक्ने आपराधिक क्रियाकलाप नियन्त्रणका लागि सहयोग गर्ने बताएका छन् । चारवटा सीमापुलहरु निर्माणाधीन अवस्थामा छन् । व्यास गाउँपालिकामा सीतापुल, तिग्रम पुल, महाकाली नगरपालिकामा पुलघाट, दत्तुपुल, मालिकार्जुन गाउँपालिकामा जोलजिवि पुल र लेकम गाउँपालिका लालि पुल सञ्चालनमा छन् । भने व्यास गाउँपालिकामा मालघाट, मलघट्टे र बडुगाउँ पुल तथा मालिकार्जुन गाउँपालिकामा बाकु पुल निर्माणधीन अवस्थामा रहेको बताइएको छ ।