काठमाडौँ : नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ ।
भोलि प्रतिनिधि सभा बैठक बस्नु अघि सदनमा एमालेको भूमिकाबारे छलफल गर्न संसदीय दलको बैठक बोलाइएको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।
नयाँ समीकरण बनेपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
आइतबार बिहान १० बजे संसद् भवनको ल्होत्से हलमा बैठक बोलाइएको हो ।
Facebook Comments Box