काठमाडौं: जम्मूको कठुआमा सेना र आतंककारीबीच जारी भिडन्तमा पाँच सैनिकको मृत्यु भएको छ। सोमबार साँझ आतंकवादीहरूले सेनाको गाडीमा आक्रमण गरेको खबर आएको थियो। यसै क्रममा आतंककारीले ग्रेनेड पनि प्रहार गरेका थिए। यसअघि हमलामा ६ जना सैनिक घाइते भएको खबर आएको थियो जसमध्ये २ जना गम्भीर घाइते भएका थिए।
केही समयपछि हमलाको अपडेटले सेनाका चारजना जवान शहीद भएको खुलासा भयो। केही समयपछि कठुआमा भएको यो हमलामा अर्को सैनिकको शहीद भएको खबर आएको छ। घाइते सैनिकको सैनिक अस्पतालमा उपचार भइरहेको छ।
सहिद हुनेहरु उत्तराखण्डका सैनिक हुन्।सो जम्मू कश्मीरको कठुआ घटनालाई उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले दु:खद भएको बताएका छन्।
सो घटना राज्यका सबै जनताका लागि अत्यन्त पीडाको क्षण भएको उनको बुझाई छ।
मृतकहरु रुद्रप्रयाग जिल्लाको कंडाखल निवासी नायब सुभेदार आनन्द सिंह रावत, पौरी गढवाल गाउँ धामधार निवासी राइफलम्यान अनुज नेगी, पौरी जिल्लाका कमल सिंह, तेहरी गढवालका निवासी नायक विनोद सिंह, टिहरी जिल्लाका आदर्श नेगी रहेका छन्।