बैतडी– चुनाव प्रचारमा गएको भन्दै बैतडीमा एक म्यादी प्रहरीले श्रीमतीलाई निर्घात कुटपिट गरेका छन् । जिल्लाको दशरथचन्द नगरपालिका– ८ की २९ वर्षीया धाना महरलाई उनका पति ३० वर्षीय जय महरले चुनाव प्रचार प्रसारमा गएको भन्दै कुटपिट गरेका हुन् ।
नेकपा एमालेबाट वडा नं. ८ को सदस्य पदका लागि उम्मेदवारी दिएकी गाउँकै सासु नाता पर्ने सीमा महरको प्रचारमा गएको भन्दै महरले श्रीमतीलाई कुटपिट गरेका हुन् ।
पतिको कुटाइबाट घाइते भएकी धनालाई जिल्ला अस्पताल बैतडीमा भर्ना गरिएको छ । तीन छोरीसहित उनी अहिले अस्पतालमा छिन् । प्रहरीमा उजुरी दिन गएपछि प्रहरीले उपचार गरेर आएपछि उजुरी दर्ता गर्ने आश्वासन दिएको उनले बताएकी छन् ।
Facebook Comments Box