धनगढी : धनगढीको निसर्गमा युवतीको मृत्यु डाक्टरको गल्तीको भएको तथ्य बाहिर आएको छ। अस्पताल स्रोतका अनुसार डाक्टर ओमप्रकाश भट्टले गलत औषधी प्रयोग गर्दा बिरामीको मृत्यु भएको बताइएको हो।
धनगढी उपमहानगरपालिका १ की २२ वर्षीया लक्ष्मी जोशीको सोमबार राति ३ बजे मृत्यु भएको थियो। सामान्य पेट दुखेर राति १२ बजे अस्पताल भर्ना भएकी लक्ष्मीको डाक्टरले औषधी दिएको केही समयपछि मृत्यु भएको हो।
बिरामी पुर्जा अनुसार कोलोजिपाम र ट्रमाडोल औषधी संगै प्रयोग गरिएको छ। चिकित्सकीय स्रोतका अनुसार यो दुवै प्रकारको औषधी संगै दिनु हुँदैन। तर डाक्टर भट्टले लक्ष्मीलाई कोलोजिपाम र ट्रमाडोल संगै दिएपछि मृत्यु भएको आरोप छ।
कोलोजिपाम र ट्रमाडोल संगै प्रयोग गरेपछि रिएक्सन भएर बिरामीको मृत्यु भएको स्रोतको दाबी छ।
डाक्टरको लापरबाहीले गर्दा नै विरामीको मृत्यु भएको भन्दै आफन्तले शव बुझ्न मानेका छैनन्। मृतकका अंकल हेमराज जोशीले उपचारमा संलग्न डाक्टरलाई कारबाही हुनुपर्ने माग गरे। अस्पतालले भने लापरबाही स्विकार गरेको छैन।
लक्ष्मी जोशी हेल्थ असिस्टेन्ट पढ्दै गरेकी थिइन् र उनी धनगढीकै नवजीवन अस्पतालमा ‘वजेटी’ गरिरहेकी थिइन्।
केहि दिन अगाडी पनि सोही अस्पतालमा यस्तै घटना घटेको थियो।
यसरी निसर्ग अस्पतालमा डाक्टरहरुको चरम लापरबाहीले बिरामीको ज्यान गइरहेको छ।
र यो पनि !
धनगढीको निसर्गमा युवतीको संकास्पद मृत्यु, एचए पढ्दै थिइन्