धनगढीः सेती प्रादेशिक अस्ताल बिरामीका सामान चोर्ने तीन जना पक्राउ परेका छन् ।
अस्पतालमा बिरामीको मोबाइल, पैसा र अन्य सामान चोर्ने दुई युवतीसहित तीन जनालाई पक्राउ गरिएको हो । चोरीमा संलग्न पाँच जनाको पहिचान समेत गरिएको छ। अस्पतालमा रातिको समयमा बिरामी र कुरुवाको मोबाइल, झोला, पैसा र अन्य सामाग्री चोर्ने तीन जनालाई रङ्गेहात पक्राउ गरिएको छ।
एक जना महिलाले अस्पतालमा खसेको पैसा लगेकोमा फिर्ता गरेकी छन भने अर्का एक जना साइकल चोरी गर्ने व्यक्तिको हुलिया पत्ता लागेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर शाहले बताए।
यस्तै जेठ २९ गते एक जनाले अस्पतालमा खसेको पैसा लगेको सिसिटिभीमा देखिएपछि उनलाई सम्पर्क गरेर पैसा फिर्ता गराएर सम्बन्धित व्यक्तिलाई फिर्ता गरिएको छ।
असार १५ गते एक जना व्यक्ति साइकल चोरी गर्न लागेको सिसिटिभी फुटेजमा देखिएको छ। उनको हुलियाको पहिचान गरी खोजी भइरहेको छ भने जेठ २५ गते अस्पतालमा चोरी गर्ने दुई युवती पक्राउ परेका छन्।