काठमाडौं: सुदूरपश्चिम नेपालको तराई क्षेत्र कैलाली-कञ्चनपुरसहित भारतको उत्तराखण्डमा अस्तिदेखि लगातार बर्सात भएपछि जनजीवन प्रभावित बनेको छ। कञ्चनपुरको महेन्द्रनगर, दोधारा लगायत उत्तराखण्डको खटिमा, बनबासासहितका क्षेत्रमा डुबान भएकोमा जनजीवन प्रभावित बनेको हो।
यसैक्रममा उत्तराखण्डको उद्यमसिंह नगर क्षेत्रको खटिमामा मात्रै बाढी र डुबानका कारण २ जनाको ज्यान गएको छ। अस्तिबाटै डुबान सुरु भएकोमा अहिले भने बर्सात कम भएकाले पानी कम हुँदै गएको बताइएको छ।
उता भारतीय जनता पार्टीका नेताहरुले विपद्मा जनतालाई सुरक्षित राख्न अभियान नै थालेको थिए। भाजपाका युवा नेता एवं मंडल अध्यक्ष जीवन धामी, वरिष्ठ भाजपा नेता भवानी भंडारी, मानस बत्रा प्रकाश आर्य लगायतले जनताको सहायता गरिरहेका हुन्।
उनीहरूले ५० भन्दा बढी मानिसको ज्यान जोगाएको र अहिले सबैलाई भोजनसहित आवासको पनि व्यवस्थापन गरेको बताइएको छ। त्यस्तै उत्तराखण्डका सीएम पुष्कर सिंह धामीले पनि प्रभावित क्षेत्रको हवाई तथा स्थलगत अनुगमन गरेका छन्।