धनगढी: कैलालीको गोदावरीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार दुर्घटनामा गोदावरी नगरपालिका-६ का नन्दराम चौधरीको मृत्यु भएको हो।
बुधबार सुपप्र ०१-००१ प ४६५४ नम्बरको मोटरसाइकललाई वीरगञ्जबाट धनगढी आइरहेको बा ५ ख १४१० नम्बरको बसले ठक्कर दिएको थियो। इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार गोदावरी नगरपालिका-६ हरैयामा उक्त दुर्घटना भएको थियो। दुर्घटनामा गोदावरी-८ जमुनानगरका लेखकराज जोशी भने घाइते भएका छन्।
अर्का घाइते चौधरीको भने धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। अहिले बस चालक हेटौँडा-१३ बस्ने ३५ वर्षीय रामशरण घर्तीलाई नियन्त्रणमा लिइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Facebook Comments Box