धनगढी: कैलालीको अत्तरियास्थित एक होटलमा यौनधन्दा चलाइएको पाइएको छ। गोदावरी नगरपालिका २ स्थित अत्तरियाको कैलपाल सिगास होटलमा यौनधन्दा चलाइएको हो।
प्रहरीले सो होटलमा अनैतिक क्रियाकलाप हुने गरेको भन्ने सूचनाको आधारमा छापा हान्दा धन्दा खुलेको हो।
इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार हिजो (मंगलबार) राति नमस्ते गल्ली स्थित “कैलपाल सिगास होटलमा” मा अनैतिक क्रियाकलाप गरे गराएको अवस्थामा एक जना पुरुष, एक जना महिला र होटल सञ्चालक महिला एक जना गरी जम्मा ३ जना लाई पक्राउ गरिएको छ। सो सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ।
Facebook Comments Box